चितवनमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि

चितवन : चितवनमा एकैदिन थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा १७९ जनाको स्वाब परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा चितवनका मात्रै ८० जना छन् । प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिकामा मात्रै ६७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १२ देखि ६९ वर्ष उमेर समूहका ३५ जना पुरुष रहेका छन् । यस्तै १६ देखि ६५ वर्ष उमेर समूहका ३२ जना महिला छन् ।

यस्तै रत्ननगर नगरपालिका ३ पुरुष र २ महिला, खैरहनीका १ पुरुष, कालिकाका ४ महिला र १ पुरुष तथा राप्तीका २ महिलामा पनि कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ । सोही प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरको गैंडाकोट नगरपालिकाका ४, बाराका २ तथा गोरखा, तनहुँ, पर्वत, काठमाडौं, धादिङ र कालिकोटका समान १-१ जनामा कोरोना पुष्टि भएको छ ।

Promise Education Consultancy