७ बर्षिय बालकको हत्या अभियोगमा १ महिला पक्राउ

लमजुङ : ७ बर्षिय बालकको हत्या गरेको अभियोगमा लमजुङ प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।

चैत ३० गते देखि बेपत्ता भएका लमजुङको दुधपोखरी गाउँपालिका वडा नं. ३ फुलिनगिरी बस्ने राजकुमार गुरुङको नाबालक ७ बर्षीय छोरा यूकेश गुरुङको सव बैशाख ०१ गते साँझ फेला परेको थियो । घर देखी करिब ३०० मिटर टाढा खोल्सामा मृत अवस्थामा गुरुङको सव फेला परेको थियो ।

प्रहरीले घटनाको सुक्ष्म रुपमा अनुसन्धान गर्दै जादा गुरुङलाई हत्या गर्ने मृतककै छिमेकी ४८ बर्षिय फुलमाया कामी रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायाव उपरिक्षक गंगा बहादुर थापाका अनुसार युकेश गुरुङको घाँटीमा केही चिज वा वस्तुले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

गुरुङको मृत सवलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल पोखराबाट पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

उनलाई बैशाख १२ गते घरबाटै पक्राउ गरीएको थियो । जिल्ला अदालतबाट म्याद थप अनुमति लिई उक्त घटनाको विषयमा थप अनुसन्धान भई रहेको छ ।

Promise Education Consultancy