सिमा नाकामा दिनभर लकडाउन रातभर तस्करी (फोटो फिचर)

इनरुवा : देशभर लकडाउन छ नेपाल संग सिमा जोडिएका भारतिय नाकाहरु पनि सिल गरिएको छ । लकडाउनका कारण सवै मानिसहरु घर भित्रै बसिरहेका छन् । सुनसरीमा भने भारत संग सिमा जोडिएका मुख्य नाकाहरु बन्द भए पनि अन्य बाटो प्रयोग गरेर आवतजावत गर्ने क्रम रोकएको छैन भने सिमाक्षेत्रमा हुँदै आएको तस्करी समेत रोकिएको छैन ।

दिनभर लकडाउनको राम्रै प्रभाव परे पनि रातपरेसंगै भारत संग जोडिएका सिमा नाका, बसन्तपुर, घुस्की, भोक्राहा, साहेवगंज, लगायतका नाका आसपासमा चहलपहल बढ्ने गरेको छ । जव रातको ९ बज्छ त्यसपछि भारततर्फबाट नाका बन्द भए पनि खेतको बाटो प्रयोग गरेर भारतिय बजार बाट कुखुरा, सुर्ती, बिडी, चिनी, रजनीगन्धा, प्याज, कपडा, माछा लगायतका सामानहरु नेपाल तर्फ भित्राउने क्रम करिव विहानको ४ बजे सम्म चल्ने गरेको सिमा क्षेत्रका स्थानियहरुले बताएका छन् ।

कोरोना भाइरसको प्रकोप बढेसंगै भारत बिहार अरेरिया, सुपौल जिल्लामा कुखुराको भाउ न्युन भएको छ । हाल भारतीय बजारहरुमा कुखुरा प्रतिकिलो भारु करिब ७० देखि ७५ रुपैयाँमा पाइने गरेको व्यवसायीले बताए । जबकी मा उत्पादित कुखुराको भाउ कम्तीमा थोक बिक्री प्रतीकिलो २८० २८५ मा कारोवार भईरहेको बताइन्छ । भारतीय र नेपाली कुखुरामा प्रतिकिलो करिब एकसय रुपैयाको फरक रहेकाले अहिले बसन्तपुर, घुस्की, भोक्राहा सिमा नाकाबाट कुखुरा तस्करीमा तस्करहरु खुलेरै लागेका छन् ।

सुनसरी प्रशासनले २४ गते सम्मका लागि निषेधज्ञा जारी गरे सँगै नेपाल भारत सिमामा आवतजावतमा कडा रोक लगाइए पनि भारतबाट दैनिक हजारौ।को सँख्यामा कुखुराहरु खुलेआम भित्रि रहेका छन् । मोटरसाइकल, साइकलमा सानो झोलामा हालेर चारैतिर झुण्डयाएर, इटहरी, इनरुवा, दुहबी, सम्म बजारमा पुर्याइ रहेका छन् स्रोतले बताएका छन् ।

तस्करहरुले खेतको बाटो प्रयोग गरेर सामानहरु भित्राउने गरेका छन् । सिमा क्षेत्रका कतिपय नेपालीहरु लोड अनलोडको काम गर्न रातको समयमा भारतिय क्षेत्रमा जाने गरेका छन् । लोड अनलोडकै काम गर्ने एक कामदारले आफ्नो नाम नबताउने शर्तमा भने लकडाउनले तस्करीमा प्रभाव पारेको छैन । उनले आफुले लोड अनलोड गरे बापत नेपाली ५ सय रुपैयाँ पाउने गरेको उनले बताए ।

सिमा क्षेत्रका स्थानियहरु अहिले पनि दैनिक उपभोग्य बस्तु खरिद गर्न भारतिय बजारमा जाने गरेका छन् । जिल्लाका मुख्य मुख्य नाकाहरुमा सुरक्षाकर्मी परिचालित भए पनि खेती क्षेत्र तर्फ सुरक्षाकर्मीको उपस्थिति भएपनि मानिसहरु पनि सोहि बाटो प्रयोग गरेर भारत आउजाउ गर्ने र भारतियहरु पनि नेपाल प्रवेश गर्ने गरेको बताए । भारतियहरु साईकल र मोटरसाईकलमा दैनिक उपभोग्य बस्तुहरु बेच्नका लागि सिमावर्ती क्षेत्रमा आउने गरेको उनको भनाई छ ।

सुनसरीको सिमा क्षेत्रसंगै जोडिएको भारतको बिहारमा पनि कोरोना संक्रमित विरामीहरु फेला परेको अवस्थामा सिमा क्षेत्रबाट हुने आवतजावत पूर्ण रुपमा नरोकिएको, सुनसरीमा पनि कोरोना संक्रमण विकराल रुपमा फैल्न सक्ने जोखिम झनै बढि देखिएको छ । बिहारमा कोरोना संक्रमणको पुष्टी भएको भारतिय मिडियाहरुले बताए संगै सुनसरीको भोक्राहा, कोशी, हरिनगर, बर्जु, देवानगंज गाउँपालिका भारत संग सिमा जोडिएकोले उच्च जोखिममा रहेको भन्दै स्थानियहरु त्रसित भएका हुन् । उनीहरुले हालको अवस्था भन्दा पनि सिमामा थप कडाई गर्न माग गरेका छन् ।

Promise Education Consultancy