लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई गरिएको पुनः नियुक्ति असंवैधानिक : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई गरिएको पुनस् नियुक्ति अनैतिक र असंवैधानिक भएको उल्लेख गरेका छन्।

प्रचण्डले पोखरेल अल्पमतमा रहेको भन्दै अल्पमतमा रहेको व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नु हास्यास्पद भएको पनि बताएका छन्।

आइतबार बिहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले बहुमतप्राप्त दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रचण्डले प्रेस वक्तव्य प्रकाशित गरी अल्पमतमा परेका पोखरेलको नियुक्ति बदर गरी गठबन्धन सरकारका दाबेदार कुलप्रसाद केसीलाई नियुक्ति गरी शपथ खुवाउनसमेत प्रदेश प्रमुख धर्मनाथ यादवको ध्यानाकर्षण गराएका छन् ।

Promise Education Consultancy