चितवनमा निषेधाज्ञा उलंघन गर्ने ६२७ सवारी साधानलाई कारबाही

चितवन : चितवनमा निषेधाज्ञाको तेस्रो दिन आज आइतवार निषेधाज्ञा उल्लंघन गर्ने ६२७ सवारी साधनलाई होल्डिङ सेन्टरमा राखि कारबाही गरिएको छ ।

१ हजार ९ सय ९० जना मानिसलाई सम्झाई बुझाई गरि छाडेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए ।

यस्तै बिना मास्क हिड्ने १०३ जनालाई निशुल्क मास्क समेत प्रहरीले वितरण गरेको थियो ।

त्यस्तै, निषेधाज्ञा उल्लंघन गरेका सवारी साधन रु. १ लाख ७ हजार २ सय ९० जरिवाना पनि असुलउपर गरेको छ ।

नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएका सबै सवारी साधनलाई साझ ५ बजे छाडिएको थियो।

Promise Education Consultancy