आकाशमा स्याटलाइट राख्न खोज्दा हरायो रेडियो नेपालको जग्गा

एजेन्सी : नेपालले आफ्नो छुट्टै भू’उपग्रह (स्याटलाइट) राख्ने प्रयोजनको लागि अघि बढाएको प्रक्रिया अन्तिम चरणमा पुुगेको छ । स्रोतका अनुसार फाइनल डकु’मेण्ट तयार हुन अब मु’श्किलले एक साता मात्र बाँकी छ ।

यसअघि अन्तरिक्षमा नेपालले स्याटलाइट राख्न पाउने स्पेश (स्थान) को बारेमा भएको अनिश्चितताको अन्त्य भएको छ । अब अन्तर्राष्ट्रिय दू’रसञ्चार संगठन (आइटीओ) ले दिएको फ्रि स्पेशमा नेपालको स्याटलाइट राखिनेछ ।

स्रोतका अनुसार ‘स्या’टलाइट कन्स’ल्टिङ’ को काम शुरु भइसकेको छ । टेण्डर डकुमेण्टलगायतका कागजात धमाधम तयार भइरहेको छ । त्यहि क्रममा बिजनेश मोडल पनि तयार पारिएको छ । त्यसपछि खुल्ला प्रति’स्पर्धाबाट स्याट’लाइट खरिदको काम अघि बढ्ने बताइन्छ ।

स्रोत भन्छ ‘जसले सस्तोमा प्रस्ताव गर्छ उसैसँग खरिद गरिनेछ ।’ यसअघि स्याटलाइट राख्ने अन्त’रिक्षको स्पेशबारे नेपाल र लाओसवीच वि’वाद भएपछि अहिले लाओसले उक्त विवादको विषय फि’र्ता लिएको छ ।

त्यसैले एनटीओले नेपाललाई फ्रि स्पेश दिएको हो । अब त्यहि फ्रि स्पेशमा नेपालको स्याटलाइट बस्ने भएको हो । स्याटलाइट जडानका लागि १५ देखि २२ अर्ब रुपैयाँ लाग्नसक्ने अनुमान छ । ती सबै लागत टेण्डर डकुमेण्टको डिजाइनमा भर पर्नेछ ।

त्यसैले हाम्रो आवश्यकता र बिजनेश मोडललाई हेरेर लागत निर्धारण हुने बताइन्छ । सरकारी अधिकारीहरूका अनुसार घटिमा १५ र बढीमा १६ अर्ब रुपैयाँ लाग्नसक्छ ।
विज्ञहरूका अनुसार आफ्नै स्याटलाइटबाट दू’रसञ्चारसँग सम्बन्धित सम्पूर्ण काम यसको पहिलो प्राथमिकतामा पर्नेछ ।

त्यसपछि एफएम,टेलिभिजन, सेना र प्रहरीको स’ञ्चारको काम पनि यसैबाट गर्न सकिन्छ । अन्तरिक्षमा रहने भएकाले भूक’म्पलगायतका प्राकृतिक प्रकोपमा समेत यो सुरक्षित हुन्छ ।
त्यस्तो बेलामा यो अझ बढी उपयोगी हुने बताइन्छ ।पछिल्लो समय टेलिभिजन र अन्य प्रयोजनको लागि मुलुकबाट डेढदेखि

दुई अर्ब रुपैयाँ स्या’टलाइट प्रयोग गरेवापत विदेश जाने गरेको छ । मुलुकको आफ्नै स्याटलाईट राखेपछि त्यो रकम स्वतः रोकिने छ ।यता, बेस स्टेशनचाँहि खुमलटारस्थित रेडियो नेपालको जग्गामा राख्ने तय भएको छ ।

यसबारे क्याबि’नेटले आवश्यक निर्णय गरिसकेको बताइन्छ । रेडियो नेपालको उक्त जग्गा नेपाल दूर’सञ्चार प्राधिकरणलाई हस्ता’न्तरण गर्ने प्रक्रियासमेत अघि बढेको थियो ।तर रेडियोको ४२ रोपनी भनिएको उक्त जग्गाबाट २ रोपनी गायब भएपछि हराएको जग्गा खोज्नै ‘महाभारत’ भएको स्रोतको दा’बी छ ।

Promise Education Consultancy