चितवन राष्ट्रिय निकुञ्जमा अर्को गैंडा मर्‍यो

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा अर्को एक गैंडा मरेको छ ।

निकुञ्जका सुचाना अधिकारी लोकेन्द्र अधिकारिका अनुसार निकुन्जको कोर इलाका सुखिभार कम्प्लेक्स बुढी राप्ती फाटा क्षेत्रमा उक्त गैंडा मृत अबस्थामा फेला परेको हो । अन्दाजी ३० बर्षको मृत भाले गैडाको खाग र खुर सुरक्षित रहेको छ ।

उक्त गैडा निकुन्ज प्राविधिकको नियमित निगरानीमा सोहि क्षेत्रमा विचरण गरेको र प्रारम्भिक परिक्षणको आधारमा गैडा प्राकृतिक कारणले मृत्यु भएको अनुमान गरिएको गरिएको समेत अधिकारीले बताए ।

यस आर्थिक बर्षको हाल सम्म ३१ गैडा को मृत्यु भएको छ । ती मध्ये ४ चोरी सिकार र २७ प्राकृतिक कारण मरेका हुन। हालै मात्र सम्पन्न गैंडा गणनाको तथ्यांकमा निकुन्जमा ६९४ गैडा रहेको बताइएको छ । त्यसमा पनि सुखिभार क्षेत्रमा सबैभन्दा बढी गैडाको बसोबास रहदै आएको छ ।

Promise Education Consultancy