अमेरिकाको परमाणु फोहर भण्डारणस्थलमा खतरनाक रसायनको चुहावट

काठमाडौं । परमण अमेरिकाको राजधानी वासिंटन प्रदेशमा स्थित परमाणु फोहर भण्डारणस्थलमा रहेको निस्क्रिय प्लुटोनियम रिएक्सटरबाट चुहावट भइरहेको  अमेरिकाको ऊर्जा भिागले जनाएको छ । स्थानीय अधिकारीहरूले पुरानो भाँडाले आगामी वर्षसम्म १ हजार ३सय ग्यालन रसायन निस्कने जनाएका छन् ।

कोलम्बिया नदीबाट ८ माइल पश्चिममा वासिंटनको दक्षिणपूर्वमा रहेको हानफोर्डमा यो चुहावट फेला परेको ऊर्जा मन्त्रालयले जनाएको हो ।

७५ वर्ष पुरोनो भण्डारण क्षेत्रमा एक वर्ष अघि यस्तो आंशका गरिएको थियो । हानफोर्ड ट्यांकबाट भइरहेको यो चुहावटले रेडियोसक्रिय र खतरनाक रसायन प्रदुषण निकालिरहेको छ । यो खतरनाक विषय भएको पर्यावरण निर्देशक लाउरा वाटसनको विज्ञप्तिमा उल्लेख छ ।

यो खतरनाक रसायनको चुहावटले मजदुर र सार्वजनिक हितका लागि जोखिम बढाउने मात्रै नभइ वातावरणीय खतरा उत्पन्न गराएको लाउराको विज्ञप्तिले जनाएको छ ।

समस्या निम्त्याउने यो ट्यांक बी १०९ दोस्रो चुहावट हो । पहिलो चुहावट सन् २०१३मा फेला पारिएको थियो ।१४९ स्थानमा यस्ता ट्यांक भण्डारण गरिएको छ । पर्यावरण विभागले गरेको अनुमान अनुसार बी १०९ भण्डारण गरिएको बी फार्मबाट मात्रै २ लाख ग्यालन निस्किन्छ ।

बी १०९बाट दैनिक साढे तीन ग्यालन वा १ हजार ३सय ग्यालन प्रतिवर्ष चुहिने भएको हो । हानफोर्डको यो परमाणुसम्बन्धी फोहर सफा गर्नुपर्ने आवश्यकता रहेको छ। सन् २०१९मा संघीय सरकारले हतियारका कारोबार गर्ने कम्पीन लकहीड मार्टनलाई मुद्दा दायर गरेको थियो । यो कम्पनीले यो सफाइ गर्ने ठेक्का ३ अर्ब २० करोड अमेरिकी डलर बराबरमा लिएको थियो ।
यो प्रदुषण सफाइको विषयमा विवाद उत्पन्न भइआएको थियो ।

हानफोर्डको यो स्थल विश्वको सबै भन्दा ठूलो प्लोटोनियम उत्पादन रिएक्टर स्थलकोरूपमा चिनिएको हो ।ट्रिनिटी स्थालमा पहिलो परमाणु बमको परीक्षण गरिएको थियो । द्वितीय विश्वयुद्धका बेला नागासाकीमा परमाणु बम खसाइएको थियो ।

बी१०९ ट्यांक सन् १९४६मा अगाडि आयो र ४० वर्षसम्म सञ्चालनमा रही बन्द गरिएको थियो । यो समग्रस्थल १९८७मा बन्द गरिएको थियो ।तर ५करोड ३०लाख ग्यालन फोहर सफा गर्न बाँकी रहेको थियो । यो खतरा समाप्त पार्ने काम भने पूरा भएको छैन् ।

Promise Education Consultancy