कृषि तथा वन बिज्ञान विश्वविद्यालयको दिक्षान्त भर्चुअल माध्यम !

चितवन : कृषि तथा वन बिज्ञान विश्वविद्यालयको दिक्षान्त भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना संक्रमणका कारण कृषि तथा वन बिज्ञान विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोह भर्चुअल माध्यमबाट गरेको हो ।

मंगलबार विश्वविद्यालयमा आयोजना गरिएको समारोहमा सम्मानीत हुने बिद्यार्थी, बिद्यावारिधिका र सिनेट सदस्य वाहेक अन्यको सहभागिता भर्चुअल माध्यमबाट भएको बिश्वबिद्यालयले जनाएको छ । सो दिक्षान्त समारोहमा बिभिन्न बिधामा पदक पाउने ४० बिद्यार्थी र सिनेट सदस्यहरु २३ जनाको भौतिक उपस्थिति रहेको थियो भने अन्य दिक्षित हुने बिद्यार्थीहरुको सहभागिता भर्चुअल माध्यमबाट भएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीका अनुसार दोस्रो दिक्षान्त समारोहमा १ हजार २ सय ५७ जना बिद्यार्थी भर्चुअल माध्यमबाट सहभागी भएका छन् । भर्चुअल माध्यमबाटै भए पनि स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीहरुलाई दिक्षीत गरिएको छ । स्नातक तहमा कृषि स्नातकबाट ५१२ जना, वन विज्ञान स्नातकबाट २२४ जना, पशु चिकित्सा स्नातकबाट १४० जना, मत्स्य विज्ञान स्नातकबाट ४४ जना सहभागी भएका विश्वविद्यालयले जनाएको छ ।

यस्तै स्नातकोत्तर तहमा कृषिका २२५ जना, जैबिक प्रबिधिका ६ जना, वन विज्ञानका १४ जना, पशु विज्ञानका ३२ जना, पशु चिकित्साका ३८ जना, मत्स्य विज्ञानका ७ जना सहभागी भएका रेग्मीले बताउनुभयो ।

यता बिद्यावारिधि तर्फ १५ जना बिद्यार्थी सहभागी थिए । दिक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको सहभागिता रहेको थियो । विद्यालयकी रजिष्टार प्राडा शारदा थपलियाकाअनुसार विश्वविद्यालयमा हाल ३ हजार ३२३ जना बिद्यार्थी अध्ययनरत रहेका छन् । यस विश्वविद्यालयले नेपालको बिभिन्न स्थानमा रहेको ७ वटा कलेजलाई सम्बन्धन दिई पठनपाठन सञ्चालन गर्दै आएको छ । जस मध्ये ६ वटा कृषि संकायका र एउटा वन विज्ञान संकायको रहेको छ ।

Promise Education Consultancy