चितवनमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना पुस्टि

चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।

संक्रमित मध्ये २८ जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना कालिका नगरपालिका, एक जना खैरहनी र १ जना रत्ननगरका रहेका छन् ।

यो सँगै चितवनमा जम्मा संक्रमित मानिसहरुको संख्या सात हजार १८१ जना पुगेको छ । जसमा मृतक ११४ जना पुगेका छन् भने अस्पतालको आइसोलेसनमा ३२ जना रहेका छन् ।

Promise Education Consultancy