चितवन प्रशासनद्धारा एकैसाथ २५ जना भन्दा बढी जम्मा नहुन आग्रह

चितवन : कोभिड-१९ को दोश्रो लहर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले एकैसाथ २५ जना भन्दा बढी जम्मा नहुन आग्रह गरेको छ ।

बिहीबार १३ बुँदे निर्देशन जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैमा अनुरोध गरेको हो ।

प्रशासनले भरतपुर महानगरपालिका बाहेकका स्थानीय तह अन्तरगतका विद्यालयहरुलाई एस.इ.ई. बाहेकका सबै परीक्षाहरु वैशाख मसान्तभित्रै सक्न निर्देशन दिएको छ । त्यस्तै सभा, सम्मेलन, गोष्ठी, समीक्षा, बैठक, तालिम जस्ता क्रियाकलाप संचालन गर्दा भर्चुअल माध्यमबाट गर्न आग्रह गरेको छ । भौतिक उपस्थिति हुनैपर्ने अनिवार्य भएमा २५ जना भन्दा बढी उपस्थित नहुने गरी गर्न आग्रह गरिएको छ ।

पसल तथा सार्वजनिक स्थानमा स्यानिटाइजर र मास्क अनिवार्य मास्क प्रयोग गर्ने, कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा १० रुपैयाँ लिई  मास्क  उपलब्ध  गराउने वा  मास्क  नलगाउने  व्यक्तिलाई  कार्यालय वा पसलमा प्रवेश नदिन पनि प्रशासनको आग्रह छ ।

Promise Education Consultancy