देवी ओलीको स्वर र विकाश चौधरीको संगीतमा ‘कति निष्ठुरी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ  : रचनाकार राजकुमार फुयालको नयाँ सिर्जना ‘कति निष्ठुरी’ गीत सार्वजनिक भएको छ ।

गायिका देवी ओलीको स्वर र विकाश चौधरीको संगीत रहेको गीतलाई साया क्रियसन ( Saaya Creation) को अफिसियल युट्युब च्यानलबाट बुधबार साँझ सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिनयमा ख्याती कमाएकी लोकप्रिय कलाकार रोशनी कार्की , सन्दीप श्रेष्ठ र बालकलाकार जेनिश अधिकारीको अभिनय रहेको छ ।

लाखौ युवाहरु वैदेशीक रोजगारीमा हुदा नेपाली समाजमा अहिले परेको असरलाइ देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ । सार्वजनिक भएको गीतलाई दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।

Promise Education Consultancy