च्याङ्ग्रा खान गएको हिउँ चितुवा खोरमै थुनियो

मनाङ : च्याङ्ग्रा खान गएको हिउँ चितुवा, च्याङ्ग्रा कै खोरमा थुनिएको छ । बुधबार मनाङ जिल्लाको नार्पा भूमि गाउपालिका स्थित फु गाउँमा रहेको एक च्याङ्ग्रा गोठमा मंगलबार राति हिउ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको छ ।

बुधबार विहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा गोठालो जादै  गर्दा हिँउ  चितुवाले खोर भित्रै  च्याङ्ग्रा खादै गरेको अवस्थामा भेटेका थिए । सोही समयमा गोठालोले च्याङ्ग्रा खोरको ढोका लगाइदिए पछि खोर भित्रै हिँउ चितुवा थुनिएको हो ।

हिँउ चितुवा थुनिएको खबर पाएपछि गाउँलेहरुले जिल्ला प्रशासन कार्यालय मनाङ , अन्नपूर्ण संरक्षण क्षेत्र र नेपाल प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा हिँउ चितुवाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय मनाङले नार्पा भूमि च्याखुमा रहेको नेपाल प्रहरी र अन्नपूर्ण संरक्षणका कर्मचारी पुगेको प्रजिअ विष्णु प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिँउ चितुवा उद्धारका लागि घटना स्थलमा पुगेको भएतापनि खराब मौसमका कारण कसरी उद्धार गर्ने भन्ने कुरा जानकारी प्राप्त भइनसकेको बताउनु भएको छ । यता पिडित पक्षले भने अन्नपूर्ण संरक्षण क्षेत्रसंग राहत उपलब्ध गराउन माग गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमका अनुसार पिडित पक्षलाई राह लागि  आवश्यक साम्रगी  नहुदा  खोर भित्रै  शिँउ चितुवा थुनिएर बसेको छ ।

हिँउ चितुवा ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर हो, जुन दक्षिण एसिया तथा मध्य एसियाका हिमाली क्षेत्रमा पाइन्छ । हिउँ चितुवा समुन्द्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाई बीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छन । लुकेर रहने स्वभाबको कारण यिनिहरूको सही संख्या थाहा हुन सकेको छैन, तापनि खुला जंगली क्षेत्रमा ३,५०० देखि ७,००० को संख्यामा तथा बिश्वका चिडियाघरहरूमा ६०० देखि ७०० को संख्यामा हिउँ चितुवाहरू रहेको अनुमान गरिएको छ ।

Promise Education Consultancy