वाइसिएल नेपाल भरतपुरको वडा कमिटीको अध्यक्षमा मित्रकोटी

भरतपुर : हरि मित्रकोटीको अध्यक्षतामा योङ्ग कम्युनिस्ट लिग नेपाल भरतपुर महानगरपालिका वडा न – २५ को वडा कमिटी गठन सम्पन्न गरिएको छ । वडा न – २५ को एक भेलाले मित्रकोटीलाई अध्यक्ष चयन गरेको हो । त्यस्तै बिपिन रिजाल सचिवमा रहने गरि वडा कमिटी गठन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य तथा चितवन जिल्ला अध्यक्ष यम बहादुर परियाररहेका थिए । त्यस्तै नेकपा माओवादी केन्द्र जिल्ला सदस्य तथा वडा न २५ का निर्बाचित वडा अध्यक्ष बिजय कुमार भुजेल, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य एबम् वडा न २४ र २८ का पार्टी ईन्चार्ज युवा नेता राम बहादुर गोदार , योङ्ग कम्युनिस्ट लिग नेपाल का केन्द्रिय सदस्य तथा भरतपुर महानगर ईन्चार्ज साजन अधिकारी बिशिस्ट अतिथिका रुपमा रहेका थिए ।

अतिथीहरुमा योङ्ग कम्युनिस्ट लिग नेपाल केन्द्रिय लेखा आयोग सदस्य अविरल प्रोख्रेल, बागमती प्रदेश लेखा आयोग सदस्य अजय बस्याल, महानगर संयोजक राजु भुसाल, जिल्ला कमिटी सदस्य हरु कौशल उप्रेती, कृष्ण अधिकारी, प्रकाश लामा, राजु श्रेष्ठ लगायत को उपस्थिति रहेको थियो ।

Promise Education Consultancy