राम सिताकाे स्वागतकाे लागि माडीमा भव्य तयारी

चितवन  : रामनवमीको अवसर पारेर आज माडीस्थित अयोध्याधाममा रामसीताको मूर्ति प्रतिस्थापन गरिँदै छ । उक्त समारोहमा प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज पनि सहभागी हुदैँ हुनुहुन्छ । जनकपुरस्थित जानकी मन्दिरभित्रको माटो, गंगासागरको जल, बराह क्षेत्रस्थित चतराधामको माटो र कोशी नदीको जल लिएर अहिराज माडी आउँदै हुनुहुन्छ ।

यसैबिच,रामसितासहितका मुर्ति सहितमाडी आउँदै गरेकाे टाेलिकाे स्वागतकाे लागि माडीमा भव्य स्वागतकाे तयारी गरिएकाे छ ।आज देवघाटदेखि माडी ल्याई स्थापित गरिने मुर्तिहरु कडा सुरक्षाकाबिच काठमाडौबाट हिजाे देवघाट ल्याई पुर्याईएकाे थियाे ।
उहाँले धार्मिक पर्यटन, सामुदायिक सद्भाव, ऐतिहासिक अवसर र राम जन्मभूमिको महत्वलाई थप बल पुग्ने अपेक्षा व्यक्त गर्नुभयाे ।

Promise Education Consultancy