चराचुरूङ्गीलाई गरियो पिजडामुक्त

मेघौली : चितवनमा २६ औँ वन्यजन्तु सप्ताह २०७८ को अवसरपारेर पश्चिम चितवनको मेघौलीमा वन्यजन्तु तथा चराचुरूङ्गी पिजडामुक्त गरीएको छ ।

हरेक वर्ष संरक्षणमूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको यो दिवसको अवसरमा चितवन नेचर गाइड एसोसिएसन मेघौली घटगाई उपसमितिले सो अभियानको रुपमा थालेको हो । चराचुरूङ्गीले गुड लगाउने मौसम शुरू भएको वताउदै नेचर गाइड एसोसिएसन मेघौली घटगाई उपसमितिका अध्यक्ष मनेष लिम्बूले तिनको बासस्थान संरक्षण गर्दै मेघौलीलाइ वन्यजन्तु तथा चराचुरूङ्गी पिजडामुक्त क्षेत्र वनाउन अभियान थालिए को वताए ।

कार्यक्रमका प्रमुख अथिती चितवन राष्ट्रिय निकुञ्जका सहायक प्रशासकीय अधिकृत राजु घिमिरेले ’बर्ड वाचर’का लागि स्वर्ग कहलिएको चितवन पर्यटकीय हब बाट बिस्तारै चरा हब बन्दै गयको वताए । नेपालमा पाइनेमध्ये ७० प्रतिशत बढी प्रजातिका चरा चितवनमा पाइने वताउदै उनले यहाँका घाँसेमैदान र सिमसार क्षेत्र चराको बाक्लो बासस्थान क्षेत्र रहेकोले यसको संरक्षण गरीनु पर्ने वताए ।

कम समय र सुरक्षित वातावरणमा धेरैभन्दा धेरै प्रजातिका चरा अवलोकन गर्न पाइने चितवनमा नेपालमा पाइने आठ सय ८६ प्रजातिका चराहरू मध्य तीन सय ३४ प्रजातिका चरा र ३७ प्रजातिका लोपोन्मुख चराहरूमध्ये २४ प्रजातिका चरा हरू यहाँ पाइने उनले वताए ।

चितवन चराहरूको बासस्थानमात्र नभई बसाइसराइको गन्तव्य पनि रहेको र गर्मी याममा यहाँ ४७ प्रजातिका चराहरू बसाइसराइ गरी आइपुग्छन् भने जाडा ेयाममा एक सय ४१ प्रजातिका चरा जाडो छल्न आइपुग्छन् साथै देशका विभिन्न भागबाट समेत चराहरू चितवन आसपास प्रजनन गर्न आउने स्थानीय चराविद् टीकाराम गिरी बताउँछन्।

विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र नारायणी(राप्ती नदी आस पासलाई चराको सुरक्षित बासस्थान क्षेत्र मानिने वताउदै संरक्षणवीद उदयचन्द्र अर्यालले पछिल्लो समयमा निकुञ्ज क्षेत्रभित्र बढेको मानवीय चहलपहल, ध्वनि प्रदूषण, वन फँडानी, तालतलैयाहरू सुक्नु, नदीहरू प्रदूषित हुनु, निकुञ्ज आसपासका क्षेत्रमा आवादी बढ्नु, बालीनालीमा कीटनाशक औषधिको प्रयोग हुनु, आहाराको कमी तथा विश्वव्यापी जलवायु परिवर्तनको असर आदि समस्या चराहरूको आगमन तथा वृद्घिमा ह्रास आउनुको कारण रहेको वताए ।

नेचर गाइड एसोसिएसन मेघौली घटगाईका अध्यक्ष मनेष लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा घरमा पालियको वन्यजन्तु तथा चराचुरूङ्गी पिजडामुक्त गरेर अभियानमा साथ दिने शनिश्चरा महतो,भिम बाहादुर थापा,अशोक कुमाल र शिव भण्डारीलाइ सम्मान गरीएको थियो । कार्यक्रममा नेचर गाइड एसोसिएसन चितवनका अध्यक्ष राजेन्द्र धामी तथा भरतपुर(२७ का वडाध्यक्ष गोविन्द तामाङ नेचरगाइड ,विष्णु भुषाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा वैशाख १ देखि ७ गतेसम्म ‘वन्यजन्तु सप्ताह’ मनाइदै छ । विभागले हरेक वर्ष जस्तै यस वर्ष पनि ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने मूल नाराका साथ २४औँ वन्यजन्तु सप्ताह मनाइरहेको हो ।

Promise Education Consultancy