सिनामंगलस्थित सूर्य ल्याबमा नक्कली पीसीआर रिपोर्ट फेला

काठमाडौं : सिनामंगलमा रहेको सूर्य ल्याबमा प्रहरीले छापा मारेको छ ।

नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका आधारमा सो ल्याबमा छापा मारेको महानगरीय अपराध महाशाखाले जनाएको छ । चार जनाको नक्कली पीसीआर रिपोर्ट फेला परेको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए । स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ल्याब संचालकमाथि कारवाही गरिने उनले बताए।

महाशाखाको टोलीले अहिले थप अनुसन्धान गरिरहेको बताएको छ।

Promise Education Consultancy