नेपाली सेनाको ‘पाथीभरा’ युद्ध अभ्यास

सिहरा : गत चैत अन्त्यतिर नेपाली सेनाले सिरहाको भिमानमा विशेष अभ्यास आयोजना ग¥यो । यो अन्य नियमित अभ्यासभन्दा फरक थियो । सेनाका चार हजार जना सहभागी यो अभ्यास नयाँ सुरक्षा नीतिअनुसार आयोजना गरिएको थियो ।

सेनाले युद्धको अवस्था आइहाले स्थानीयसँग मिलेर कसरी विदेशीसँग लड्ने भनेर अभ्यास गरेको हो, जसमा हेलिकप्टर र हतियारको कुशल संयोजन हुने जनाइएको छ ।

भिमान र बर्दिबास आसपासका जंगलमा गरिएको यो अभ्यासअनुसार विदेशीसँग लडाइँ गर्नुपर्ने अवस्था आएमा हातहतियार, बन्दोबस्तीका सामानदेखि सैनिक लडाकुसमेत जनताको बीचमा घुलमिल हुनुपर्ने अवधारणा छ, जसका कारण विदेशी सेनाले यहाँको सेना हुन् कि सर्वसाधारण भनेर थाहा नपाऊन् भन्ने हो ।

यसका लागि सेनाले ‘थ्री प्लस वन’ (तीन बराबर एक) को कमाण्ड बनाउने योजनाअनुसार विभिन्न तीन पृतना गाभ्नका लागि तयारी पनि गरेको छ । हालका पृतना मुख्यालयलाई कोशी, गण्डकी र कर्णालीमा परिणत गरिने सेनाको योजना छ, जुन आगामी आर्थिक वर्षको बजेट विनियोजन भएपछि कार्यान्वयन हुने जनाइएको छ ।

यही रणनीतिअनुसार सिहरामा ‘पाथीभरा’ अभ्यास सञ्चालन गरिएको हो, जसमा सेना पनि सादा पोसाकमा सहभागी भएको स्रोतको भनाइ छ । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने नियमित अभ्यास गरेको पर्दाफासलाई जानकारी दिए ।

‘हरेक दुई वर्षमा १ पटक यस्तो अभ्यास आयोजना हुने गरेको छ, गत वर्ष कोरोनाका कारण हामीले सञ्चालन गर्न पाएका थिएनौं, यो पालि गरेका हौं,’ उनले भने, ‘यो कुनै विशेष अभ्यास होइन ।’

Promise Education Consultancy