नेपाललाई पहिलो झट्का, आसिफ सेख शुन्यमा आउट

काठमाडौं : काठमाडौमा जारि त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटमा आज घरेलु टोली नेपालले नेदरल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ। यस अघिका दुवै खेलमा टस जितेर पहिले बलिङ रोजेको नेपालले आज भने टस जितेर ब्याटिङ गरेको छ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा पहिले ब्याटिङ गरेको नेपाललाई पहिलो झट्का लागेको छ। यसअघिका दुवै खेलमा गतिलो प्रदर्शन गरेका आशिफ सेख आजको गेममा भने खाता नै नखोली आउट भएका छन्।

डबल राउण्ड रोबिनको आधारमा खेलिने भएकाले नेपालले आज दोस्रोपटक नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। अहिले क्रिजमा कुशल भुर्तेल १६ र कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा खेलिरहेका छन्आजको खेल फाइनल पुग्नका निम्ति दुवै टीमका लागि निर्णायक हुने छ ।

Promise Education Consultancy