राप्रपाको महाधवेशन जेठमा सर्‍यो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा गर्न आयोजना गर्ने गरि सरेको हो ।

सोमबार बसेको राप्रपा केन्द्रीय सचिवालयको कार्य व्यवस्था समिति बैठकले महाधिवेशन कार्यतालिका परिवर्तन गरेको हो । सक्रिय सदस्यता वितरण तथा स्थानीय तहहरूमा हुने पार्टी संरचनाको अधिवेशनका लागि समय अपुग भएपछि महाधिवेशन कार्यतालिका परिवर्तन गर्नुपरेको राप्रपाले जनाएको छ ।

राप्रपाका अनुसार जेठ २२ देखि २५ सम्म काठमाडौंमा महाधिवेशन हुनेछ । बैठकले सक्रिय सदस्यता वितरण गरिसक्ने म्याद वैशाख मसान्तसम्म दिने निर्णय पनि गरेको छ । वडादेखि जिल्लासम्मका अधिवेशन वैशाख मसान्तभित्र गरि सक्नुपर्ने राप्रपाको निर्देशन छ ।

पार्टीको महाधिवेशनमा यो पटक ४ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि हुने जनाइएको छ । प्रतिनिधिले नै राप्रपाको केन्द्रीय अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय समिति चयन गर्नेछन् ।

Promise Education Consultancy