मलेसियाविरुद्ध नेपालको सानदार जित, मलेसिया ९ विकेटले पराजित

काठमाडौं : त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ । मलेसियाविरूद्ध ९ विकेट लिदै नेपालले जित हासिल गरेकाे हाे ।

मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र १ विकेटको क्षतिमा १२=१ ओभरमा पुरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसकत पुरा गरे। उनले ४१ बल खेल्दै ६१ रनमा अभिजित रहे । भुर्तेलले ५ छक्का र ३ चौका प्रहार गरे ।

त्यस्तै, अर्का ओपनर आसिफ शेख अर्धसतक बनाउन ८ रनले चुके थिए भने उनी १२ औं ओभरको पहिलो बलमा क्याच आउट भए ।

Promise Education Consultancy