माडीबाट प्रचण्डले भने -कर्णालीबाट ओलीको हारको सुरुवात भयो

चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपि शर्मा ओली हारको बाटोमा लागेको बताएका छन् । आइतबार माडी नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले कर्णाली प्रदेशबाट हारको सुरुवात भएको भन्दै अन्य प्रदेशमा पनि ओलीको हार हुने बताए । प्रदेश हुँदै केन्द्रसम्म नै ओलीलो हार हुने उनको भनाई थियो । पौष ५ गते प्रतिनिधिसभा विघटन गरेर ओली सरकार लोकतान्त्रको विरुद्ध गएर हारको बाटोमा लागेको उनले बताए ।

“उहाँ हारको पक्षमा लाग्नु भयो, उहाँ हारिनै सक्नु भयो प्रचण्डले भने, हार कस्तो हुन्छ भनेर कर्णाली प्रदेशबाट देखि नै सक्यो, अब केही दिन भित्र गण्डकीमा देखिन्छ, अनि लुम्बिनीमा देखिन्छ, हुन सक्छ त्यसभन्दा अघि संघमै देखिन सक्छ ।”

Promise Education Consultancy