स्रोत नखुलेको भारतीय रुपैँयासहित एकजना पक्राउ

दाङ : प्रहरीले स्रोत नखुलेको भारतीय रुपैँयासहित एकजनालाई पक्राउ गरेको छ ।

घोराही बजारबाट अवैध तीन लाख ९५ हजार भारतीय रूयैँयासहित भालुबाङका लौकसु गुप्ता पक्राउ परेका हुन् । गुप्ताले कम्मर र जुत्तामा पैसा लुकाएको प्रहरी जनाएको छ ।

दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले बरामद गरिएका नोट १० देखि १ हजारसम्मको रहेको बताए । प्रहरीले बरामद गरिएको नोटबारे अनुसन्धान गरिरहेको छ ।

Promise Education Consultancy