कतारमा ३५ वर्ष माथिकाले कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन पाउने

दोहा : कतारमा ३५ वर्ष माथिकाले कोरोना बिरुद्धको खोप लगाउन पाउने भएका छन् । कतारको स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने उमेर घटाएको ३५ वर्ष पुर्‍याएको हो ।

यसअघि कतारले ४० वर्ष माथिकाले मात्र लगाउन पाउने खोप अब ३५ वर्ष माथिको उमेर समूहकाले निःशुल्क लगाउन पाउने मन्त्रालयले जनाएको छ ।

फाराम भरेका व्यक्तिहरूले एसएमएस वा फोन मार्फत सम्पर्क गरी नजिकैको स्वास्थ्य केन्द्रमा खोप लगाउन पाउने राष्ट्रिय स्वास्थ्य समूहका अध्यक्ष तथा हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग प्रमुख डा. अब्दुल्लातिफ अल खलले जानकारी दिए ।

‘मार्चदेखि नै खोपको संख्या झन्डै दोब्बर गरिसकेका छौं र विगत सात दिनमा मात्र हामीले ३५ भन्दा बढी खोप केन्द्रहरूमा १ लाख ६० हजार भन्दा बढी डोज खोप दिइसकेका छौँ,’ डा. अल खललाई उद्धृत गर्दै यहाँबाट प्रकाशन हुने पेनिन्सुला पत्रिकाले जनाएको छ ।

३५ वर्ष उमेर पुगेकाहरुले स्वास्थ्य मन्त्रालयको वेबसाइटमा गएर खोपका लागि आफ्नो नाम दर्ता गराउन समेत उनले आग्रह गरेका छन् ।

Promise Education Consultancy