चितवनका तीन नगरपालिकामा एमाले पुनर्गठन

चितवन : नेपाल कम्युनिष्ट पार्टी एमाले ( नेपाल समुह ) चितवनका खैरहनी , राप्ती र माडी नगरपालिकामा पालिकामा नगर कमिटी पुनर्गठन गरेको छ । सो नगरपालिका हरुमा सनिवार कमिटी पुनर्गठन गरेको हो ।

राप्ती नगरपालिकामा सुमिता डल्लाकोटीको अध्यक्षतामा २०१ सदस्यीय नगर कमिटी गठन गरेको एमालेका जिल्ला अध्यक्ष तेजेन्द्रबहादुर खड्काले जानकारी दिए । कमिटीको उपाध्यक्षमा लेखनाथ बराल, सचिवमा शमसेर लामा, सहसचिवमा राजकुमार वर्तौला रहेका छन् ।

खैरहनीमापनि नगर कमिटी गठन भएको छ । १५१ जनाको कमिटीको अध्यक्षमा प्रकाश रुपाखेती , उपाध्यक्षमा रत्नलाल घिसिङ, सचिवमा छत्रनाथ सुवेदी, सहसचिवमा सुन्दर मैनाली, नेत्र ढुङ्गाना र कृष्णप्रसाद पौडेल रहेका छन् ।

भेलामा प्रमुख अतिथि पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डले वर्तमान राष्ट्रिय राजनीतिक अवस्था, पार्टी भित्रको विवादको मुख्य बिषय र नेपालको कम्युनिष्ट आन्दोलनको वर्तमान कार्यदिशाको वारेमा प्रशिक्षण दिएका थिए । भेलालाई पार्टी केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज कृष्ण खनाल र पार्टी जिल्ला कमिटी अध्यक्ष तेजेन्द्रबहादुर खड्का, सचिवालय सदस्यद्वय कृष्णराज लब्ली न्यौपाने र खोमकान्त रेग्मीले सम्बोधन गरेका थिए ।

यता माडी नगरपालिकामा पनि सो समुहले नारदमणी पौडेलको अध्यक्षतामा १०१ सदस्यीय रहेको र माडी नगर कमिटी पुनर्गठन गरेको जनाएको छ । पुनर्गठित कमिटिको उपाध्यक्षमा शोभाकान्त पौडेल, महिला उपाध्यक्षमा कोपिला शिवाकोटी, सचिवमा मोहदत्त काफ्ले र सह सचिवमा रामेश्वर चौधरी रहेका छन् । माडी नगर भेलालाई प्रमुख अतिथि पाटी स्थायी कमिटी सदस्य डा. बिजय पौडेल, पार्टी केन्द्रीय सदस्य सूर्य लामिछाने र जिल्ला सचिवालय सदस्यहरु प्रेमराज तिमिल्सिना, रामजीप्रसाद सापकोटा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

नेकपा एमाले ( नेपाल समुह ) को सनिवारनै सम्पन्न भेलाहरुले युवा संघ नेपाल खैरहनी नगर कमिटी र माडी नगर कमिटी समेत पुनर्गठन गरेको छ । कुमार थापाको अध्यक्षतामा १५१ सदस्यीय युवा संघ नेपाल खैरहनी नगर कमिटी पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा अशोक अधिकारी, लिलाराज गुरुङ रहेका छन् ।

माडीमा पनि गोविन्द भण्डारीको संयोजकत्व रहने गरि १०१ सदस्यीय युवा संघ नेपाल माडी नगर कमिटी पुनर्गठन गरेको छ । जसको सहसंयोजकमा मनोज महतो, किरण महतो, नन्दलाल महतो, गोविन्द महतो, बुद्धिसागर ढकाल, दिपक पौडेल, लक्ष्मण श्रेष्ठ र सन्तोष बिक, सचिवमा दुर्गाबहादुर कार्की र सुमन अधिकारी तथा सह सचिवमा तारानाथ लामिछाने रहेका छन् ।

सो पार्टीले विभिन्न नगरका वडाहरुमा पनि कमिटी पुनर्गठन गरेको जनाएको छ । साथै १८० जना आफ्नो पार्टीको युवा संघ नेपालमा प्रवेश गरेको समेत बिज्ञप्तिमा भनिएको छ ।

Promise Education Consultancy