रत्नप्रसाद अनामणिका ८ चुड्किला

१. कक्षामा शिक्षक ज्यामिति पढाउँदै थिए । कालोपाटीमा एउटा समकोण अङ्ग्रेजी अक्षरको एस थिचेर भने,
हेर त, राइट एङ्गल भनेको यहि हो । कक्षामा पढिरहेका एउता विद्यार्थीले हत्पत सोधे गुरु लेफ्ट एङ्गल चाहीँ कुन हो नी ?

२. छोरो आमा आज पनि एकलाखको सुन समातियो रे । एकलाख रुपैयाँ कति हुन्छ आमा ? धेरै हुन्छ हो ?
आमा : त्यसै कहाँ भन्न सकिन्छ र नानी । यो त तिमी कमाउँदै छौं कि खर्च गर्दैछौं भन्ने कुरामा भर पर्छ ।

छोरी: कसरी आमा ?
आमा: इमान्दारी साथ एकलाख कमाउने हो भने त्यो एकदमै धेरै हुन्छ वर्षौंवर्षमा पनि कमाउन सकिन्न ।

३.भन त संसारमा मेहनत र प्रयत्न गर्दागर्दै पनि नपाइने कुरा छ ? मालिकले आफ्नो कामदारसँग सोधेछ ।
कामदारले जवाफ दियो ।
छ रे !
के हो त त्यो ? मालिकले आश्चर्य मान्दै सोधे ।
मेरो तलव !
नोकरले जवाफ दियो ।

४.जजमान : पण्डित जी आज छोरीको बिहे छ, हजुरले विहे सम्पन्न गराइदिनु पर्यो ।
पण्डित : आज मलाई अर्कै जरुरी काम छ । विहे यो टेप रेकर्डले गराइदिने छौं दक्षिणा र टेप रेकर्ड भोली फिर्ता ल्याइदिनु होला ।

५. एउटा ठूलो होटेलमा खाना खाएपछि एक जना ग्राहकले एकबट्टा चुरोट पनि माग्यो । पछि बिलमा बाहिर पौने नौ रुपैयाँ पर्ने चुरोटको पन्ध्र रुपैयाँँ लेखेको देखेर उसलाई आश्चर्य लाग्यो ।
पन्ध्र रुपैयाँ चुरोटको उही पैसा हुने मानिसलाई त केही छुट होला नि ? होटेलको परिचालकलाई ग्राहकले सोध्यो । तपाईं पनि कुन होटेलमा परिचालक हुनुहुन्छ र ? उसले सोध्यो । होइन मेरो पेसा ठगी हो । ग्राहकले जवाफ दियो ।

६. एउटी केटीले पुरानो प्रेमीलाई आफ्नो विवाहको निम्तो पठाई । जवाफमा पुरानो प्रेमीले बधाईको तार पठायो । भगवानले यस्तो शुभदिन धेरै पटक देओस् ।

७. पत्नीः लोग्ने मानिसलाई कुन कुरा सुनायो भने एउटा कानबाट भित्र पस्छ र अर्कोबाट तुरुन्तै बाहिर निस्कन्छ ?
पतिः हो तर स्वास्नी मानिसलाई सुनायो भने उसका दुवै कानबाट भित्र जान्छ र मुखबाट बाहिर निस्कन्छ ।

८. एकजना संवाददाताले नाटककार जर्ज वर्नाडसँग सोध्यो । कुन किताबबाट तपाईंले धेरै रुपैयाँँ पाउनु भयो ? उनको उत्तर थियो आफ्नो चेकबुकबाट ।

Promise Education Consultancy