मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु

भक्तपुर : चुनदेवीमा डिभाइडरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजे सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०११ प।८२५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार भोजपुर स्थायी घर भई हाल पुतलीसडक बस्ने १८ वर्षीय सुमन गिरी र बाँके घर भइ हाल पुतलीसडक बस्ने २२ वर्षीय सूर्य ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवैको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

Promise Education Consultancy