सुनको भाउ बढ्यो, प्रति तोला कति ?

काठमाडौं : साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ सात सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला ९० हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Promise Education Consultancy