काठमाडौंमा वायु प्रदुषणको मात्रा बढ्यो

काठमाडौं  : काठमाडौं उपत्यकामा वायु प्रदुषणको मात्रा फेरि बढ्न थालेको छ । केहि दिनअघि उपत्यकासहित पहाडी भूभागमा पानी परेका कारण प्रदूषण केही कम भएको थियो । तर अहिले फेरि प्रदूषण बढ्न थालेको हो ।

योसँगै विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको छ । दोस्रो नम्बरमा काजकिस्तानको नूर-सुल्तान, तेस्रो नम्बरमा चीनको बेइजिङ, चौथोमा चीनको उहान, पाँचौंमा भियतनाममको हनोइ, रसियाको मस्को छ । प्रदूषणका कारण बुधबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।

स्विटजर

ल्याण्ड मुख्यालय रहेको आईक्यूएअरले अनुसार बिहीबार बिहान १० बजे काठमाडौंको एक्यूआई २२७ पुगेको देखाएको छ । विश्वकै दोस्रो स्थानमा रहेको काजकिस्तानको नूर-सुल्तान सहरको एक्यूआई १६७ छ ।

वातावरणविद्का अनुसार वायुमण्डलमा फैलिएको धुलो र धुवाँले यस्तो अवस्था आएको हो । एक्यूआई बढ्दै गएपछि जोखिम पनि बढ्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ ।

५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ । एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुन्छ ।

Promise Education Consultancy