काँकडभिट्टा र भद्रपुर नाका आज बन्द

झापा : भारतसित जोडिएको झापाको काँकडभिट्टा र भद्रपुर नाका आज बन्द रहने भएको छ । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि दुवै नाका बन्द गरिएको हो ।

आज बिहानदेखि ७२ घण्टाका लागि नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पश्चिम बङ्गालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन छ।

उक्त निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाकालाई बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो । यातायात र आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ।

Promise Education Consultancy