त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटका लागि नेपाली टिम घोषणा

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट १५ जनालाई टिममा समावेश गर्दा स्पिनर साहब आलम र ओपनर ब्याट्स्म्यान आसिफ शेख पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

अरु खेलाडीमा दिपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी र सुशन भारी छन् ।

बन्द प्रशिक्षणबाट ललितनारायण राजवंशी, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र लोकेश बम भने बाहिरिएका छन् ।  नेपालले त्रिवि मैदान कीर्तिपुरमा बैशाख ४ देखि ११ गतेसम्मेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय ट्वेन्टी ट्वेन्टी शृङ्खला खेल्नेछ ।

नेपालले पहिलो खेलमा बैशाख ४ गते नेदरल्याण्डसँग खेल्नेछ । खेल दिउँसो १:१५ बजे सुरु हुनेछ । यस्तै, नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा र तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ भने लिग चरणको अन्तिम खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

Promise Education Consultancy