‘वर्ष २०७७ निरर्थक भएन, जनतामा आशा जगाउने काम गरेका छौँ’ (लाइभ)

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गरेर उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन् ।

नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए ।

सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरिरहेका छन् । राजनीतिक खिचातानीका बीच  जनतामा आशा जगाउने काम गरेको उनले दाबी गरेका छन् ।

सम्बोधनमा उनले समसामयिक राजनीतिक घटनाक्रम, देशको परिस्थिती र सरकारी कामका उपलब्धिलाई पनि समावेश गरिरहेका छन् ।

हेर्नुहोस् सम्बोधनको भिडियो

Promise Education Consultancy