विक्रम बाबा मेला कोरोनाको जोखिमका कारण यस बर्ष नहुने

शिव शर्मा, चितवन : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने विक्रम बाबा मेला यस बर्ष नहुने भएको छ । कोरोनाको संक्रकणको जोखिम रहेकाले यस बर्ष विक्रम बाबा मेला नहुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । चैते दशैंका अवसरमा लाग्ने मेला कोरोनाको जोखिमका कारण २ बर्ष देखि निरन्तर मेला स्थगित गर्नु परेको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । “विक्रम बाबा मेलामा भक्तजनका निकै भिड लाग्छ, यसले थप कोरोनाको जोखिम बढाउने हुदाँ २ बर्ष देखि मेला बन्द गरिएको हो ।” अधिकारीले भन्नुभयो ।
चैतेदशैंलाई लक्षित गरी हरेक बर्ष चैत्र औंसीदेखि पूणिर्मासम्म मेला लाग्ने गथ्र्यो । विक्रम बाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको पनि यसमा आस्था बढेको देखिन्छ ।
विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् । किम्बदन्तीका अनुसार विक्रम नाम गरेको आदीबासी (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउमा पुजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ ।

Promise Education Consultancy