अन्नपुर्ण पशु आहार उद्योग संचालनमा  

चितवन  । भरतपुर ६ मा अन्नपुर्ण पशु आहार उद्योग संचालनमा आएको छ । अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्थाको व्यवस्थापनमा पशु आहार उद्योग संचालनमा आएको हो । उद्यागको सोमवार एक कार्यक्रमका विच वागमती प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले औपचारिक उद्घाटन गनुभयो ।

उद्घाटन गदै मन्त्री लामाले १ बर्षको अन्तरालमा सवै प्रक्रिया पुर्याएर उद्योग निमार्ण र संचालन हुनु सकरात्मक रहेको बताउनुभयो । उहाँले पशु आहार उद्योगबाट उत्पादित आहारले पछिल्लो समय देखिएको दुधको उच्च लागत कम गर्न टेवा पुर्याउनेमा विस्वास व्यक्त गर्नुभयो । “अहिले पशु जन्य उत्पादनमा उच्च लागतले किसान पलाएन हुन सक्ने खतरा बढेको छ । लागत उच्च छ । उत्पादित वस्तुले उचित मुल्य पाएका छैनन् ।” उहाँले भन्नुभयो, “यो उद्योगले उत्पादन लागत न्युनिकरण गर्न मद्धत पुर्याउनेमा ढुक्क छौं ।”

उहाँले तिव्र इच्छा शक्ति हुदाँ छिटो निमार्ण गरेर उद्योग संचालन गर्न सकिने उदाहरण अन्नपुर्णले देखाएको बताउनुभयो । उहाँका अनुसार पश्चिम चितवनका कृषकको जिवनस्तर उकास्न उद्योगले विषेश भुमिका खेल्ने छ । “यस उद्योगले युवालाई कृषि क्षेत्र तथा पशुपालन क्षेत्रमा आकर्षित गर्नेछ ।” उहाँले भन्नुभयो, “कृषिलाई आधुनिकरण र व्यवसायिक वनाउन प्रदेश कृषि मन्त्रालयले काम गरिरहेको छ ।”

यस्तै कार्यक्रममा अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्थाका निर्वतमान अध्यक्ष भगिरथ तिमिल्सेनाले अहिलेको समयमा किसानले उत्पादन गरेको उपभोग्य वस्तुको बजार कमजोर रहेको बताउनुभयो । उहाँले सर्वप्रथम सरकारले किसानको कृषि उपजका वस्तुका लागि बजार ग्यारेन्टी गर्नुपर्छ ।

अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागांइले न्युन लागतमा पशु आहार उपलव्ध गराउने उदेश्य अनुरुप उद्योग स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार अन्नपुर्ण पशु आहार उद्योगमा विषेशतः दाना, साइलेज उत्पादन गरिनेछ । नेदरल्याण्डका कृषि उत्पादन विज्ञको सुझाव अनुरुप दुई प्रकारको दाना उत्पादन गरिने उहाँले जानकारी दिनुभयो । पशु आहार उद्योगमा साइलेज उत्पादन गरेर विक्री समेत सुरु गरिएको छ । धेरै दुध दिने उन्नत जातका गाईलाई साइलेज खुवाउदाँ उत्पादन लागत कम गर्न सकिने उहाँको भनाई छ । सुरुवाती चरणमा सहकारीले नै घर घरमा पुर्याउने सुविधा पनि दिदै आएको छ ।

साइलेजका लागि कृषि ज्ञान केन्द्र चितवन संग अनुदान सहयोगमा २ सय विगा क्षेत्रफलमा मकै उत्पादन प्रर्वद्धन कार्यक्रमका लागि सम्झौता समेत भएको छ । चक्लावन्दी प्रणाली अनुरुप खेती गरिने गरि कृषि यन्त्र कृषि ज्ञान केन्द्रले उपलव्ध गराइसकेको छ ।

गत बर्ष २०७६ फागुन १०गते शिलान्यास गरिएको उद्योग निर्माण सुरु भएलगत्तै कोरोना र लकडाउनको चपेटामा परेको थियो । प्रदेश सरकारको कृषि मन्त्रालय अन्तरगतको पशुपक्षीं तथा मत्स्य विकास निर्देशनालय र सहकारीको ५० प्रतिशत लागत साझेदारीमा उद्योग निर्माण भएको हो । १ करोड बागमती प्रदेश सरकार र १ करोड ४६ लाख सहकारीले लगानी गर्ने गरी परियोजना सुरु भएको थियो । तर अहिले सम्म कुल २ करोड ८६ लाख खर्च भईसकेको संस्थाका अध्यक्ष चापागांइले बताउनुभयो ।

१३ कठ्ठा क्षेत्रफलमा उद्योग संचालनमा आएको उद्योगमा मासदाना, साइलेज प्याकिङ्ग मेसिन, टीएमआर मेसिन, ट्याक्टर, मकै काट्ने मेसिन, ट्रान्सफर्मर, ट्रक खरिद खरिद गरिएको थियो । मासदाना मेसिनले प्रति घण्टा ५ टन दाना उत्पादन गर्ने छ । उद्योग बाट पशु दाना, साइलेज, टिएमआर उत्पादन गरिने छ ।
सोहि ठाँउमा नमुना गाई फर्म समेत संचालनमा रहेको छ । भरतपुर महानगरपालिकाको ५० प्रतिशत र संस्थाको ५० प्रतिशत लागत साझेदारीमा निर्माण भएको हो ।

सहकारीले अहिले दुग्ध संकलन, प्रसोधन, बजारीकरण, गाइ फर्म, दाना मिल, बचत तथा ऋण कार्यक्रम, भ्याक्सिनेसन, युवा स्वरोजगार कार्यक्रम संचालन गर्दै आएको छ ।

२०४१ सालमा ५० जना कृषकबाट १ सय ३५ लिटर दुध संकलन गरेर सुरू गरिएको सहकारीले हाल ७ हजार लिटर दुध प्रसोधन गर्दै आएको छ । सहकारीमा ३ सय ९० सेयर सदस्य सहित ६ सय भन्दा बढी कृषक आवद्द छन् । कालिका न्युजमा समाचार छ ।

Promise Education Consultancy