पर्वतारोहण अनुमति लिने ४ सय नाघे

काठमाडौं : वसन्तयामको पर्वतारोहणका लागि हालसम्म चार सयभन्दा बढीले अनुमति लिएका छन् ।

अनुमति प्रदान गर्ने पर्यटन विभागका अनुसार शुक्रबारसम्म विभिन्न हिमाल आरोहणका लागि ४९ वटा आरोहण दलका ४ सय १९ जनाले अनुमति पाएका छन् ।

अनुमति पाउनेमा ९० जना महिला र बाँकी ३ सय २९ जना पुरुष रहेका गोरखापत्रमा प्रकाशित छ ।

Promise Education Consultancy