विश्वभर २९ लाख ५८ हजारको मृत्यु, ११ करोड ४ लाख संक्रमणमुक्त

काठमाडौं : विश्वभरमा ११ करोड चार लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा सम्ममा ११ करोड चार लाख १९ हजार चार सय ८७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १३ करोड ७४ लाख ४० हजार नौ सय २० जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २९ लाख ५८ हजार एक सय ४१ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ३८ लाख ६३ हजारभन्दाबढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड १९ लाख ८५ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ४५ लाख ५७ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ७६ हजार दुई सय १९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ३६ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड २२ लाख ५० हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ७१ हजार ८९ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ८० हजार पाँच सय २४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७४ हजार एक सय ६५ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार ५३ जनाले ज्यान गुमाइसकेका छन् ।

Promise Education Consultancy