घाटको अभावमा सडकमै जलाइए शव

काठमाडौं : भारतको राँचीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याले अहिलेसम्मकै सबै रेकर्ड तोडिदिएको छ। पछिल्लो १० दिनदेखि घाटमा शव जलाउने स्थान नहुँदा सडकमै शव जलाउनुपर्ने बाध्यता देखिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार आइतबारको रेकर्डमा ६० वटा शवको अन्तिम संस्कार भएको थियो।

शवको अन्तिम संस्कार एकै ठाउँमा लाइन लगाएर गरिएको भारतीय टेलिभिजनहरूले देखाइरहेका छन्। मृतकको संख्या यति धेरै भएको छ कि राँचीको मुक्तिधाममा चिता जलाउने ठाउँको कमी हुन पुगेको छ। मृतकका आफन्तहरू घण्टौँ पर्खिँदासमेत ठाउँ नपाएपछि सडकमा नै शव जलाउन बाध्य भएका छन्।

शव जलाउन मृतकका परिवारले प्रशासनसँग गुहार माग्न थालेका छन्।

Promise Education Consultancy