चितवन प्रहरीको एक्सन : एक महिनामा १७१ जना फरार प्रतिवादी पक्राउ

चितवन :  एक महिनामा १७१ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । विभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकि फरार रहेका ती व्यक्तिहरुलाई चितवन प्रहरीको विशेष टोलीले पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनद्वारा परिचालन गरिएको विशेष प्रहरी टोलीले २०७७ साल चैत महिनामा मात्र १७१जना विभिन्न मुद्दाका फरार अपराधीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको कार्यालका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो ।
कानुनी राज्यको मुल अवधारणाबाट निर्दिष्ट रही दण्डहिनताको अन्त्य गरी समाजमा प्रभावकारी शान्ती सुरक्षा र अमन चयन कायम राख्नको लागी अदालतको फैसलाले कैद तथा जरिवाना तोकि फरार रहेका व्यक्तिहरु पक्राउ गर्नको लागी जिल्ला प्रहरी कार्यालय चितवनले विशेष प्रहरी टोली नै परिचालन गरिरहेको प्रवक्ता थापाले बताउनुभयो ।
पक्राउ पर्नेहरुमा सार्वजनिक अपराध, लागुऔषध, चोरी, सवारी ज्यान, बन तथा राष्ट्रिय निकुञ्ज, हातहतियार खरखजाना,कुटपिट,कालोबजारी लगायतका मुद्दाका फरार अभियुक्तहरु रहेका छन् । अभियुक्तहरुबाट १८ बर्ष ३ महिना ५ दिन कैद र रु ७,७५,४३० (सात लाख पचहत्तर हजार चारसय तीस) रुपैयाँ जरिवाना असुल भएको उहाँले बताउनुभयो । पक्राउ पर्नेहरुमा बिगत २३ वर्ष देखी फरार रहेकाहरु समेत छन् ।
प्रवक्ता थापाका अनुसार यस आर्थिक बर्षमा कुटपिट, सवारी ज्यान लगायत मुद्दाका ३८६ जना फरार अपराधी पक्राउ गरिएको छ। उनिहरुबाट कुल ५१ वर्ष ३ महिना कैद र रु.३२,६२,२०६ (बत्तीस लाख बैसठ्ठी हजार दुई सय छ ) रुपैयाँ जरिवाना असुल भएकोे छ ।
प्रवक्ता थापाका अनुसार गत आर्थिक बर्ष २०७६÷७७मा १७४ जना फरार अपराधीहरु पक्राउ परेका थिए ।

Promise Education Consultancy