संविधान मिच्ने क्रम जारी रहे नयाँ खाले विद्रोहमा जानुपर्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान मिच्ने क्रम जारी रहे नयाँ खाले विद्रोहमा जानुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौंथो केन्द्रीय परिषद्को कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानलाई मिच्ने र कुल्चने क्रम जारी रहे केही समयपछि विद्रोहमा जानुपर्ने अवस्था आउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सकेसम्म सहज ढंगले हाम्रो संविधान, ऐन कानून र राजनीतिक दलको नेतृत्व र बहुमतको भावना अनुसार सहज ढंगले एउटा रुपान्तरण बनोस् भन्‍ने हाम्रो प्रयास छ । यदि त्यसो भएन र साँच्चै संविधानलाई मिच्‍ने नै क्रम जारी रह्यो भने, यदि लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुश र स्वेच्छाचारी ढंगले नै जाने कोशिस भयो भने एउटा नयाँ खालको विद्रोहमा हामी संगठित हुनुपर्ने र विद्रोहमा जानुपर्ने अवस्था आउनसक्छ।’

अध्यक्ष दाहालले वर्तमान सरकार धेरै दिन नचल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार धेरै दिन चल्दैन, केही दिनभित्रै नयाँ सरकार बन्छ ।’ केपी शर्मा ओलीलाई सेटिङमा प्रधानमन्त्री र अध्यक्ष बनाएको अध्यक्ष दाहालको आरोप छ । उहाँले भन्नुभयो, ‘वैधानिक ढंगले हटाइएको अध्यक्षलाई सेटिङमा फेरि अध्यक्ष बनाइयो । प्रधानमन्त्री बनाइयो ।

Promise Education Consultancy