पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी

काठमाडौं : नेपाल पत्रकार महासंघको २६औं महाधिवेसनबाट विपुल पोखरेल निर्वाचित भएका छन् । महासंघमा पहिलोपटक भएको प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत पोखरेल निर्वाचित भएका हुन् ।

देशभरका मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ । १७ जिल्लाको मत परिणाम आउन बाँकी छ ।

महासंघको केन्द्रीय कार्यालयमा मत रुजू गर्ने काम भइरहेको छ । मतान्तर बढी रहेकाले शुभेच्छुकहरुले पोखरेललाई विजयी घोषणा गर्दै खुशियाली मनाएका छन् ।

पदाधिकारीमा पोखरेलकै प्यानलले जितेको छ । त्यस्तै, तीनजना केन्द्रीय सदस्यबाहेक पोखरेलकै प्यानलले विजय हात पारेको छ ।

प्रेस युनियनको नेतृत्वमा प्रेस संगठन र प्रेस चौतारी (माधव नेपाल समूह) सहितका ११ संगठनको गठबन्धन बनाएर पोखरेलको नेतृत्वमा निर्वाचन भएको थियो ।

प्रेस चौतारीको नेतृत्वमा ९ संगठन मिलेर बनेको गठबन्धनको अध्यक्षका उम्मेदवार निर्मला शर्माले प्यानलको भन्दा बढी मत प्राप्त गरेका छन् ।

मत परिणामको औपचारिक घोषणा भने अपरान्ह ५ बजे गर्ने बताइएको छ ।

Promise Education Consultancy