धादिङ जिप दुर्घटना : १ को मृत्यु, १३ जना घाइते

धादिङ : जिल्लाको उत्तरी क्षेत्रमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन् ।

आज दिउँसो जिल्ला सदरमुकाम धादिङ बेंसीबाट रुविभ्याली बोराङतर्फ जाँदै गरेको ग १ ज ६२७० नम्बरको जिप डुन्डुरे भन्ने ठाउँमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको हो।

मृत्यु हुनेमा रुवीभ्याली ६ माकपुर गाउँ निवासी २४ वर्षीय अनिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले जानकारी दिए।

प्रहरी प्रमुख एसपी खड्काका अनुसार घाइतेहरु अबस्था सामान्य नै रहेको र जिप चालक देउबहादुर तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

Promise Education Consultancy