पछिल्लो २४ घन्टामा थप ३३९ जनामा कोरोना संक्रमण, ७४ संक्रमणमुक्त

काठमाडौं : नेपालमा थप तीन सय ३९ जना मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार एक सय जनाको पीसीआर परीक्षण गरिएकोमा तीन सय ३९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७८ हजार आठ सय नौ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ७४ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संखया दुई लाख ७३ हजार पाँच सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

Promise Education Consultancy