वाईसिएल नेपाल माडी-४ को अध्यक्षमा आशिष देबकोटा चयन

चितवन : नेकपा  माओवादी केन्द्र निकटको युवा संगठन योङ्ग कम्यूनिष्ट लिग (वाईसिएल) नेपाल माडी-४ को अध्यक्षमा आशिष देबकोटा चयन हुनुभएको छ । माडी नगरपालिका ४ मा सम्पन्न एक भेलाले देबकोटा को अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन भएको हो ।

भेलाले प्रकाश भुजेल उपाध्यक्ष,बिजय पोख्रेल सचिव,सुजन ढकाल सह सचिव र पुजा महत्तो कोषाध्यक्ष रहेको २१ सदस्यिय वडा समिति गठन गरेको छ । माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य एव मेयर ठाकुर ढकील प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा र माओबादी केन्द्रका प्रदेश सदस्य ओवनाथ पाण्डे र वाईसिएल नेपालका जिल्ला ईन्चार्ज सन्तोष पनेरु र माओवादी केन्द्रका माडी नगर अध्यक्ष प्रभु महत्तो विशिष्ट अतिथि रहनु भएको थियो।

कार्यक्रमका अन्य अतिथिहरुमा माओवादी केन्द्रका जिल्ला नेता माधव चापागाई,नेत्र आले, फ्रयाक्सन ईन्चार्ज रामबन्धु पोख्रेल, युवा नेता ईन्दिरा बि.क.,सन्तोष चापागाई, हरिकृष्ण लामिछाने, जिल्ला कार्यालय सदस्य राजु भुषाल, नेत्र काफ्ले, वडा पार्टी अध्यक्ष गोकुलानन्द लामिछाने लगायतका रहनु भएको थियो ।

वाईसिएल माडी नगर कमिटीले यहि चैत्र २१ गते देखि बैशाख ४ गते सम्म माडी नगरपालिकाभर १५ दिने संगठन निर्माण एवं बिस्तार अभियान संचालन गरिरहेको छ । अभियानको समापन पार्टीका अध्यक्ष प्रचण्ड र संगठनका अध्यक्ष दिपशिखाको उपस्थितिमा नगर भेला गरी हुनेछ !

Promise Education Consultancy