माधव नेपाल समूहको वाग्मती प्रदेशमा छुट्टै समिति गठन

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा छुट्टै कमिटी बनाएको छ ।

आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् । यसअघि माधव नेपाल समूहले गण्डकी प्रदेशमा छुट्टै कमिटी बनाइसकेको छ ।

Promise Education Consultancy