कर्णालीका तीन मन्त्रीले दिए सामुहिक राजिनामा

सुर्खेत : कर्णाली प्रदेशका तीन मन्त्रीले आज सामुहिक राजिनामा दिनु भएको छ । नेकपा एमालेले माओवादी केन्द्रलाई दिएकाे समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामुहिक राजिनामा दिनु भएको हाे ।

एमालेबाट सरकारमा सहभागी सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजिनामा पत्र बुझाउनु भएको छ । राजिनामा दिनु अघि मन्त्री परिषद् बैठक बसेकाे थियाे । तीन जना मन्त्रीले राजिनामा दिएर नेकपा एमाले संसदीय दलकाे बैठकमा सहभागी भएका छन् ।

नेकपा विभाजनपछि एमालेले यहीँ चैत्र ५ गते माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बाेलाउने निर्णय गरेकाे थियोे । कर्णाली प्रदेश सभामा ४० जना सांसदमध्य माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारवाही गरेकाे पत्र संसदलाई बुझाएको छ । अब प्रदश सभामा ३९ जना संसद छन् । यी मध्य नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् ।

Promise Education Consultancy