नाइजेरियाको जेलबाट १८ सय बढी कैदी फरार

काठमाडौँ : बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १८०० भन्दा बढी कैदीहरू फरार भएका छन ।

जेलबाट झन्डै १८ सय ४४ जना कैदी फरार भएको अधिकारीहरूले बताएका छन्। आक्रमणकारिहरू दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटक पदार्थको प्रयोग गरेर भित्र पसेका थिए।

हालसम्म भागेका ६ जना कैदिहरू भने फर्किएको बताइएको छ । जसमा ३५ जनाले भने त्यहाँबाट भाग्न अस्विकार गरेका थिए । प्रहरीले प्रतिबन्धित पृथकतावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ।

तर, उक्त समूले आफ्नो सङ्लग्नता नरहेको जनाएको छ ।

Promise Education Consultancy