विदेशमा ज्यान गुमाएका १५ जनाको शव नेपाल ल्याइयो

काठमाडौं :  वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ । आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एकवटा शव एकैपटक ल्याइएको हा ।

यसअघि गत माघमा मलेसियाबाट १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको थियो । त्यसो त चालू आर्थिक वर्ष २०७७÷०७८ को पहिलो नौ महिनामा मलेसियाबाट मात्रै २१९ वटा शव आएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार चालू आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १६ महिलासहित ६१५ जनाको शव स्वदेश ल्याइपुगेको छ ।

गएको साउनदेखि चैत २२ गतेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये त्यो सङ्ख्याले रोजगारीकै सिलसिलामा ज्यान गुमाएकाको शव स्वदेश ल्याइएको बोर्डका निर्देशक दीनबन्धु सुवेदीले जानकारी दिए

बोर्डका अनुसार सो अवधिमा साउदी अरबबाट १७० वटा र कतारबाट ९५ वटा शव आएका छन् । यस्तै सो अवधिमा संयुक्त अरब इमिरेट्स ९युएई० बाट ४६ वटा शव आए भने कुवेत २४ वटा, बहराइनबाट ११ वटा शव नेपाल आइपुगेका छन् । त्यसैगरी यस अवधिमा दक्षिण कोरियाबाट पाँचवटा शव आइपुगे भने जोर्डनबाट तीनवटा र साइप्रस दुईवटा शव आएको बोर्डले जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Promise Education Consultancy