आगलागीमा परेर महिलाको मृत्यु

हेटौंडा : भिमफेदी गाउँपालिकामा आगलागीमा परेर एक वृद्ध महिलाको मृत्यु भएको छ।  आइतबार साँझ भिमफेदी -३ पारिपाखाँ स्थित पारिपाखाँ जंगलमा लागेको डढेलोले स्थानीय ७५ बर्षीय प्रिति बहादुर सन्तानको घर गोठमा आगो लाग्दा निजकी श्रीमती ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

साथै उक्त आगलागीमा परेर सिन्तानको गोठमा रहेको १० वटा बाख्रा र अन्नपात समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। शवको मुचुल्का गरी  पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको जनाइएको छ।

Promise Education Consultancy