बढ्यो सुन आयात परिमाण , दैनिक कति आयात गर्न पाउने ?

काठमाडौँ  : अब बैंकहरूले दैनिक २० किलोका दरले सुन आयात गर्न पाउने भएका छन् । यसका लागि राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गरेको छ ।

यो एक वर्षअघिकै अवस्था हो। एक वर्षअघिसम्म बैंकले दैनिक २० किलो र लगनका समयमा दैनिक २५ किलो सुन आयात गर्न पाउँथे । विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत चैत १६ मा सरकारले दैनिक २० किलोबाट सुन आयातको कोटा १० किलो बनाएको थियो । कान्तिपुरमा खबर छ ।

Promise Education Consultancy