लिमीबाटै कैलाश पर्वत र मानसरोवरको दर्शन पाइने (फोटो फिचर)

हुम्ला : हुम्लाको हिमाल पारीको गाउँ लिमीबाटै तिब्बतमा रहेको कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न पाइने भएको छ । यसरी भनेको सुन्दा पत्याउन गाह्रो भए पनि सत्य यही हो । विगतका वर्षहरुमा मानसरोवर कैलाश दर्शनका लागि तीर्थयात्रीहरू तिब्बतको भिसा लिएर सिमकोट हिल्सा हुँदै तिब्बतको ताक्लाकोट भएर जानु पर्ने बाध्यता थियो ।
कैलाश मानसरोवर दर्शनका लागि सबैभन्दा बढी भारतीय धार्मिक पर्यटक आउने भएकाले अब चिनियाँ नाका नखोले पनि नेपाली भूमीबाटै कैलाश मानसरोवर दुरदर्शन गर्न सकिने भएकाले यस र्ष धेरै पर्यटक आउने सम्भावना रहेको उनले बताए ।
सीमकोटको बाटो भएर मानसरोवर कैलाश दर्शन गर्न जाने पर्यटकले नेपालगंज सिमकोट जहाजमा र सिमकोटबाट हेलिकप्टरमार्फत हिल्सामा पुगेर चिनियाँ भिसा लिएर जानुपर्ने व्यवस्था थियो । त्यसका लागि पाँचदेखि सात दिनको प्याकेजमा मानसरोवर हुँदै कैलाश परिक्रमा गरि फेरि हिल्सा हुँदै सीमकोटमा फर्किनु पर्ने हुन्थ्यो । तर कोभिड-१९का कारण चीन सरकारले कैलाश मानसरोवर जाने हिल्सा नाका बन्द गरेपछि मानसरोवर कैलाश दर्श कै लागि आउने धार्मिक पर्यटकहरु यसबाट वञ्चित भएका थिए ।
चिनियाँ नाका बन्द हुँदा हुम्लाको लिमी लाप्चाबाट कैलाश मानसरोवरको दुरदर्शन गर्न सकिने भएकाले त्यसैलाई ध्यानमा राखेर माउन्टेन हेलिकप्टरले विशेषतः भारतीय तीर्थयात्रीलाई नेपालबाटै कैलाश मानसरोवर दुरदर्शन गर्ने उद्देश्यका साथ नयाँ प्याकेज बनाएको लामाले बताए ।